प्रधानमन्त्री दाहालको फोटो ‘एडिट’ गरेको आरोपमा एक युवक पक्राउ

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ ।

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री  दाहालको भारतीय राशन कार्ड भन्दै एक तस्बिर  पोस्ट गरेका थिए ।

आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार  काठमाडौं  ल्याइएकाे छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ४८ बजे