सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदै छ । 

सर्वोच्च अदालतको आदेशअनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।  

आइतबार अन्य बन्दीको रिटका कारण उनीहरूको मुद्दा हेर्न नभ्याइएपछि सर्वोच्च अदालतले आज अदालतमा पेस गर्न आदेश दिएअनुसार आज उनीहरू उपस्थित हुन लागेका हुन् । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलासमा पेस गर्न आदेश दिएको हो । 

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ५५ बजे