सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उत्कृष्ट अङ्क ल्याउने पाँच जना छात्र/छात्रा लाई सान इन्टरनेस्नलले निशुल्क पढाउने

सिन्धुपाल्चोक ।  माध्यमिक शिक्षा परीक्षा एसइई २०७९ मा उत्कृष्ट अङ्क ल्याउने सिन्धुपाल्चोक जिल्लाका पाँच जना छात्र/छात्रा लाई सान इन्टरनेसनल कलेज, काठमाडाै‌ले पूर्ण छात्रवृत्तिमा पठन पाठन गराउने भएको छ । अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइई परीक्षामा सहभागी हरूलाई सम्बोधन गर्दै सान इन्टरनेस्नल कलेज शैक्षिक प्रशासन विभाग प्रमुख विष्णु कुमार पाण्डेले जानकारी गराउनुभएको हो ।

साथै यससँगै कलेजले लिने प्रवेश परीक्षामा प्राप्त नतिजाको आधारमा समेत सिन्धुपाल्चोक जिल्ला बाट एसइई परीक्षा उत्तीर्ण अन्य लाई समेत छात्रवृत्ति प्रदान गरिने र यसको लागि अनेरास्ववियु जिल्ला कमिट ले कलेजसँग निरन्तर सहजीकरण गर्ने र सान इन्टरनेशनल कलेज सँगै विभिन्न विषयमा अध्ययन गर्न चाहने विद्यार्थी हरूको सहयात्रीको रूपमा अनेरास्ववियु सिन्धुपाल्चोक सदैव प्रतिबद्ध रहने कार्यक्रम सञ्चालक एवम् अनेरास्ववियु सिन्धुपाल्चोकको सह-संयोजक नवीन पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ५ : ५१ बजे