भारतले धार्चुलाकाे नयाँ बस्तीमा सडक निर्माण गर्दा उछिट्टिएकाे ढुङ्गाले नेपालतर्फका घरगाेठमा क्षति

दार्चुला ।  भारतले धार्चुलाकाे नयाँबस्तीमा विस्फाेटक पदार्थ प्रयाेग गरी सडक निर्माण गर्दा उछिट्टिएकाे ढुङ्गाले लाग्दा नेपालतर्फका घर र गाेठमा क्षति पुगेकाे छ ।  

भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माण गर्दा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको हाे । 

बिहीवार र शुक्रवार लगातार सडक निर्माणका लागि विस्फाेटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान  बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

'ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले विनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ',  स्थानीय नरभान बडूले भन्नुभयो । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १ : ४१ बजे