सुनको मूल्यमा नयाँ कीर्तिमान

आज भक्तपुरमा कोरा साइकलिङ च्यालेन्ज हुने 

भक्तपुर । साइकल कनेक्ट भक्तपुरको अभियान यस पटक पनि हुने भएको छ । 

नेपाल इको प्यानलको सहयोगमा साइकल कनेक्ट भक्तपुरले आज गर्न लागेको तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुन लागेको हो । 

सामाजिक उत्तरदायित्व अन्तर्गत अभियानलाई सहयोग गर्दै आएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत(सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने साइकल कनेक्ट भक्तपुरको मुख्य उद्देश्यलाई सहयोग गर्दै आएको इन्जिनियर दुवालले जानकारी गराउनुभयो । 

अभियान अन्तर्गत आज “भक्तपुर कोरा २०२३” को आयोजना हुने भएको हो । भक्तपुर जिल्लाको परिक्रमा गर्दै ५०, ७५ र १०० किलोमिटरको तीन वटा रुटमा साइकल यात्रीहरूले कोरा गर्ने जनाइएको छ । 

साइकल रुट बिहान ६ बजे भक्तपुर दरबार स्क्वायरबाट सुरु हुने छ । त्यहाँबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्ध पोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाँगुनारायण – त्रिशूल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – साँगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानो थिमि हुँदै पुनः भक्तपुर दरबारस्क्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिने छ । 

साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५ /१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको छ । 

विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्क्वायर , बालकुमारी, निलबाराही, चाँगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, साँगा, खाल्चोक, रानीकोट, घ्याम्पे डाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिने जनाइएको छ । 

साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिने छ । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिने छ । 

साइकल च्यालेन्ज पश्चात् नाम दर्ताको दौरान सहभागीहरूले टर्की तथा सिरियाको भूकम्प पीडितको सहयोगार्थ उठाएर जम्मा गरेको रकम कोरा काठमाडौँका मुख्य आयोजक मार्फत हस्तान्तरण गरिने छ । 

कार्यक्रमका लागि फन्की हिल रिसोर्ट नगरकोटलगायतले पनि सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ४६ बजे