करेन्ट लागेर मृत्यु

काठमाडौं – काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

बुढानिलकण्ठ-९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ४० बजे