सुनको मूल्यमा नयाँ कीर्तिमान

सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए लाई जितको लागि १८० रनको लक्ष्य दिएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३६.५ ओभरमा अलआउट हुदै १७९ रन बनायो ।

नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२-८ को दयनीय अवस्थामा पुगेको नेपाललाई सोमपाल र प्रतिश जि.सी ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । अन्तिम विकेटका लागि सोमपालले ललित राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेल दोस्रो ओभरको पाँचौं बलमा एक रनमा बोल्ड हुन पुगे । यस्तै अर्का ओपनर आसिफ शेख १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएर आउट भए । पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४ बलमा १ चौकासहित ४ रन बनाएर क्याच आउट भए ।

यस्तै, भीम सार्की शून्यमा बोल्ड आउट हुँदा अर्जुन साउद २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा क्याच आउट भए । कुशल मल्लले १७ रन जोड्दा गुल्शन झा १९ बलमा १३ रन बनाउदै आउट भए ।

पाकिस्तान ए का बलर मोहम्मद वासिम जुयिनरले चार विकेट लिए । तीव्र गतिका बलर शाहबाज दाहानीले चार विकेट लिए भने मुबासिर खानले एक विकेट लिए ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १ : ५६ बजे