कोसी ब्यारेजमा ट्रक खस्यो

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजमा आज ट्रक खसेको छ  ।

ब्यारेजको ढोका नं १० बाट  मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोसी नदीमा खसेको हो  ।

नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । यसैबीच कोसीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ  । 

घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ  ।  

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ११ : ५९ बजे