सुनको मूल्यमा नयाँ कीर्तिमान

बाजेको कुटाइबाट नातिको मृत्यु

बैतडी । ​​​​​​​  बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । 

पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेलधुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो । 

बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदै छ । 

बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवै जनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । 

कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ५२ बजे