एमालेको जागरणसभामा जे देखियो…

नेपाल राष्ट्र बैंकले आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आज उक्त परिमाणको ट्रेजरी  बिल विक्री गर्न लागिएको जनाएको छ । 

त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । 

यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी  बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी  बिल विक्री गरेको थियो । 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : १७ बजे