गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु 

रेसुङ्गा ।  गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । 

चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधवार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । 

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो । 

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  १० : १२ बजे