उदयपुर ।सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु भएको छ ।
बुधवार दिउँसो २ः३० बजे त्रियुगा नगरपालिका ४ फर्सेटमा सडक बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही ठाउँका नगरपालिकाका करारका कर्मचारी ४० वर्षीय युवराज राईको मृत्यु भएको हो ।
सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका राईको जिल्ला अस्पतालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।
घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी चौधरीले बताउनुभयो ।
प्रकाशित मिति : २८ असार २०८०, बिहिबार ६ : ४४ बजे
प्रतिक्रिया