मन्थली विमानस्थलमा पानी पस्यो

ललिता निवास प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा आज थप एक जना पक्राउ परेका छन् ।

सीआईबीले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् ।

सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : ०१ बजे