मन्थली विमानस्थलमा पानी पस्यो

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलासमा

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिट न्यायधीश सपना मल्लको इजलासमा परेको छ। मल्लको इजलासको १८औं नम्बरमा रहेको मुद्धा आज पनि हेर्न नभ्याइनेमा पर्ने सम्भावना छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तीको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सोमबार सुष्मालता माथेमा र मंगलबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।

कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकाले त्यसलाई बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन्।

एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको छ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : २१ बजे