मन्थली विमानस्थलमा पानी पस्यो

सिरहामा प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना

सिरहा । जनताको जीन धनको सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका एक जवानलाई नै कार्यालय प्रमुखले चरम यातना दिएको तथ्य बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर ११ घण्टासम्म चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएका हुन् ।

इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि हबल्दारसँग गुनासो पोखेको भन्दै यातना दिइएको हो । प्रहरी स्रोतका अनुसार हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।

सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण रायलाई हातखुट्टा बाँधेर ११ घण्टासम्म यातना दिएको बताइएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  २ : ५१ बजे