सुनको मूल्यमा नयाँ कीर्तिमान

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलवार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । 

सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ । पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् । 

अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ४५ बजे