मन्थली विमानस्थलमा पानी पस्यो

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ६ वटै शव काठमाडौं ल्याइयो

काठमाडौं – मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयकाअनुसार मंगलबार बेलुका सबै शवहरु काठमाडौं ल्याइएको हो।

सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए। मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ, मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन्।

मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको 9N AMV कलसाइन रहेको हेलिकोप्टर दुर्घटनामा परेको थियो।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ०५ बजे