सुनको मूल्यमा नयाँ कीर्तिमान

बलात्कार आराेपमा एकजना पक्राउ

झापा । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बूलाई प्रहरीले पकराउ गरेको छ । 

लिम्बूले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १२ : ३५ बजे