साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कम्फर्टेबलवाद : दिल्लीको आशीर्वादमा सत्तामा पुग्ने र टिक्ने आत्मसमर्पणवाद !

२०४६ को राजनीतिक परिवर्तनपछि २०४८ साल यता गिरिजाप्रसाद कोइरालादेखि लिएर अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म सत्तामा पुग्न र टिक्न क(कसले दिल्लीको आशिर्वाद खोजे अनि सहयोग जुटाएका थिएरु यो प्रश्नमा घोत्लिन प्रीतम सिंहकी छोरी किरण दीप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ को विमोचनमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले बाध्य बनायो। पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले भनेका थिए, “प्रीतम सिंह राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली पनि जानुभयो। काठमाडौंका पार्टी र नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो। राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने उहाँ ठान्नुहुन्छ।” प्रचण्डको यो अभिव्यक्तिपछि अब इतिहासका विद्यार्थी, राजनीतिक विश्लेषक र बौद्धिक वर्गले नेपालको राजनीतिमा भारतीय प्रभाव, दबाव र आशिर्वादका बारेमा सत्यतथ्य खोजेर जनतालाई सुचूचित गर्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ।

भारत नेपालको सत्ता राजनीतिलाई आफ्नो नियन्त्रणभन्दा बाहिर जान नदिन २००७ सालको परिवर्तनदेखि नै निरन्तर लागि परेको इतिहासका घटनाहरूबाट थाहा पाउन सकिन्छ। हाम्रो राजनीतिक चेत र भेद अनि भारतीय षडयन्त्रको सिकारमा नेपालको राजनीति परिरहेको सत्य लुकाएर लुक्ने अवस्था पनि छैन्। तर भारतीय स्वार्थ पूरा गर्ने सर्तमा क(कसले कसरी राजनीति गरे र गर्दैछन्, उजागर गर्ने ठीक समय भएको छ।

नेपालमा कुनै पनि राजनीतिक शक्तिलाई बलियो बन्न नदिने र बलियाका विरूद्ध कमजोरहरूको मोर्चा बनाउन सघाएर भारतले नेपालमाथि आफ्नो प्रभाव र दबाव कायम गर्ने रणनीतिअनुसार लगानी गरिरहेको छ। जसले भारतीय रणनीतिअनुसार चल्ने प्रतिबद्धता जनाउँछ, उसैलाई सत्तामा पुर्याउने र भारतको रणनीतिअनुसार काम नगर्ने राजनीति र नेतृत्वलाई कमजोर बनाउने गरेको इतिहास र वर्तमान साक्षी छ। जुन शक्तिले नेपालको राष्ट्रिय स्वार्थमा काम गर्न खोज्छ, त्यो शक्तिलाई कमजोर बनाउने गरी गठबन्धन बनाउने गरेको छ, आज क्रियाशील कम्फर्टेबल गठबन्धन र लोकप्रियतावादी राजनीति यसको बलियो प्रमाण हो। 

२००७ सालमा राणा शासन हटाउन राजा र कांग्रेसलाई सघाएको भारतले २०१७ सालमा प्रधानमन्त्री विपी कोइरालालाई हटाउन र पञ्चायत ल्याउन राजा महेन्द्रलाई सघाएको थियो। पछि राजा महेन्द्रलाई कमजोर बनाउन विपीलाई नै सघाउन पुगेको थियो। राजा महेन्द्रको २०२८ सालमा रहस्यमयी मृत्युका पछाडि भारतको हात रहेको शंका गरिन्छ। राजा विरेन्द्रले भारतको सुरक्षा छाता मुनि नेपाललाई राख्न अस्वीकार गरेपछि पञ्चायती व्यवस्था हटाउन सघाएको भारतले नेपालको स्वार्थमा नागरिकता विधेयक ल्याउन खोजेपछि विरेन्द्रको वंशनास गर्न दरबारको अर्को समुह प्रयोग गरेर २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड गराएको थियो। २०५० जेठ ३ गते दासढुंगामा मदन(आश्रितको हत्याका पछाडि पनि भारतीय संलग्नता रहेको अनुमान गरिन्छ।

२०५१ को मध्यावधि निर्वाचनपछि बनेको नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले नेपालको स्वार्थमा आफ्नो सक्रियता देखाएपछि नौ महिनामा नै हटाउन नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनमात्र बनाएर पनि नहुने भएपछि नेपालमा नियन्त्रित अस्थिरता बढाउन प्रचण्डको नेतृत्वमा बनेको माओवादी पार्टीलाई जनयुद्धको नाममा हत्याहिंसा र ध्वंसको राजनीति गर्न पनि सघाएको थियो। बलियो बन्दै गरेको नेकपा एमालेलाई कमजोर बनाउन र माओवादीलाई कार्यकर्ताको अभाव हुन नदिन २०५४ मा वामदेव गौतमको नेतृत्वमा सिपी मैनालीहरूसहितलाई प्रयोग गरेर एमालेमा विभाजन ल्याएको थियो। २०५६ पछि नेपाली कांग्रेसमा देखिएको कलह अनि २०५८ पछि कांग्रेसमा भएको विभाजनमा पनि भारत र दरबारको अस्वभाविक मिलिमतो देखिन्छ।

संसदीय राजनीतिमा सक्रिय दलहरूमा विभाजन ल्याएर कमजोर बनाउन एकातिर दरबार र माओवादीबीच अघोषित सहकार्य गराएको थियो भने अर्कातिर दरबार र संसदीय राजनीतिक दलहरूमा दरार सिर्जना गराएको थियो। राजा विरेन्द्रको वंशनासपछि राजा बनेका ज्ञानेन्द्रको महत्वाकांक्षाले आफ्नो रणनीतिक स्वार्थ कमजोर हुने देखिएपछि भारतले सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे दिल्ली सम्झौता गराएको भनेर अहिले पनि आरोप लगाउने गरिन्छ। २०६२(२०६३ को जनआन्दोलनपछि फेरि भारतले १२ बुँदे सहमति गरेका दलहरूबीच फाटो ल्याउन प्रत्यक्ष भूमिका खेलेको थियो। पहिलो संविधानसभाको चुनावमा जबर्जस्त रूपमा बलियो बनेको माओवादीमा विभाजन गर्नदेखि लिएर दोस्रो संविधानसभामार्फत संविधान बन्न नदिन भारतले सक्दो प्रयास गरेको थियो।

भारतको प्रस्तावअनुसार संविधान बनाउन र ल्याउन तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले सत्ता सहकार्यमा रहेको दल नेकपा एमालेको दबावमा अस्वीकार गरेपछि नेपालविरूद्ध भारतले अघोषित नाकाबन्दी लगाएको थियो। यस्तै नाकाबन्दी २०२८ र २०४५ मा पनि भारतले नेपालमाथि लगाएको थियो। संविधान निर्माणपछि नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि त झन बिच्कियो भारत। तराईमधेशमा आन्दोलन चर्काएर नाकाबन्दी कडा पार्न खोजेको थियो। तर नेपालीहरूको धैर्यतापूर्ण एकता अनि सहयोगको बलमा केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा व्यापार सम्झौता गरेपछि फेरि प्रचण्डलाई प्रयोग गरेर एमालेलाई सत्ताबाट हटाएको थियो भने त्योभन्दा अघि नै शुशिल कोइरालाको रहस्यमय मृत्यु गराएर शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापति बनाउन र प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाएको थियो।

२०७२ सालदेखि आजका मितिसम्म त नेपालको राजनीतिमा भारतको प्रत्यक्ष हस्तक्षेप घाम जत्तिकै छर्लङ्ग छ। कति तथ्यहरू नखुलेका होलान, कति खुलेका होलान आफ्नै ठाउँमा छ। तर भारतको बढ्दो हस्तक्षेपले नेपालमा नियन्त्रित अस्थिरता बढाउने र नेपाललाई कमजोर बनाउने उद्देश्य लिएको खुला किताब जस्तै छ। अहिले भारतले आफ्नो हस्तक्षेप सस्तो लोकप्रियतावादी राजनीतिको जगमा नयाँ ढङ्गले अघि बढाउन खोज्दैछ। तर जनताले हिजो होस् या आज यथार्थ बुझ्न नपाउँदा वा नसक्दा अपवाद बाहेक कहिले जनादेश र संसदको बहुमत देखाएर त कहिले परमादेश जारी गराएर अनि भ्रम फैलाएर भारतीय स्वार्थबमोजिम नेपालमा सत्ता सञ्चालन भइरहेका छन्।

२०७४ को आमनिर्वाचनपछि केपी ओली प्रधानमन्त्रीत्वमा भारतीय स्वार्थअनुकुल सत्ता सञ्चालन नहुने पक्का भएपछि पहिला माधव, झलनाथ र प्रचण्ड नेकपाभित्र माझण्ड मोर्चा बनाएर केपी ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने प्रयास गरियो। तर त्यो प्रयास संसद विघटनपछि असफल भएपछि नेकपा हुँदै नेकपा एमालेमा विभाजन गरेर माझण्डहरूको सहयोग र समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री बनाइएको थियो। दिल्ली आशिर्वादको यही प्रसँगलाई लिएर निर्मल प्रसाई सामाजिक सञ्जालमा लेख्छन्, “सायद ूकेपी शर्मा ओलीू बाहेक अरु सबैलाई भारतले प्रधानमन्त्री बनाइदिएको होला, ूकेपी शर्मा ओलीू झुकेका भए उनीविरुद्ध परमादेश आउँदैनथ्यो र अहिले पनि प्रधानमन्त्रीमा निरन्तरता पाउथें।”

नेकपा हुँदै नेकपा एमालेमा विभाजन र केपी ओलीलाई सत्ता राजनीतिबाट टाढा बनाउनुको मुख्य कारण नेपालको राष्ट्रिय स्वार्थमा चीनसँगको व्यापार तथा पारवहन सम्झौता र भारतले राजा महेन्द्र कालदेखि कब्जा गरेर राखेको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको प्रशासनिक नक्शाभित्र राख्न गरेको नेतृत्व नै हो। नेपाली कांग्रेसको नवउदारवाद र प्रचण्डको उपयोगितावादलाई मिलाएर कम्फर्टेबलवादमा परिणत गरेको भारत अहिले त्यसलाई एकातिर हिन्दु राज्य र हिन्दु सम्राटको कार्ड प्रयोग गर्दैछभने अर्कातिर सस्तो लोकप्रियतावादवाला जेलेन्स्की पथमार्फत आफ्नो प्रभुत्व बढाउन खोज्दैछ।

हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ, “पहिले कालापानी क्षेत्र कब्जा गर्न राजाहरूलाई हातमा लिएको भारत अहिले राज्य सत्तामा आफ्नो प्रभाव बिस्तार गर्न कहिले नेपाली कांग्रेस त कहिले माओवादीलाई प्रयोग गरेर अघि बढाउँदैछ। त्यतिले पनि पर्याप्त नभएपछि शेरबहादुर देउवा र प्रचण्डको फ्युजन गराएर कम्फर्टेबल गठबन्धन बनाउन र घण्टी बजाउन अमरिकासँग सहकार्य गर्दैछ। हिजोआज फेरि राजा फर्काउनतिर पनि लागेको छ।” यति खुला हस्तक्षेप र चलखेल हुँदा पनि त्यसको सशक्त प्रतिरोध गर्न छोडेर हामी भने भारतीय रणनीति नै सफल हुनेगरी जानेर नजानेर क्रियाशील भइरहेका छौं। अन्यथा त्यस्ता देश विरोधी गतिविधिहरूको विपक्षमा उभिएर राष्ट्रिय शक्ति बलियो बनाउने राजनीतिमा हाम्रा क्षमताहरूको पूरा प्रयोग गर्ने थियौं। त्यसैले अझै पनि हामीसँग समय र अवसर बाँकी छ, राष्ट्रिय स्वार्थको पक्षमा उभिएर राष्ट्रिय शक्ति बलियो बनाउने र सत्ता सञ्चालनको नेतृत्वमा स्थापित गर्ने। 

यतिबेला “दिलले ठीक ठानेको र दिमागले सत्य देखेको विचार राख्दा सुरूमा आलोचना हुन पनि सक्छ, डराउनु आवश्यक छैन् किनभने समर्थन वा आलोचनाले हामीलाई विचारमा निखार र स्पष्टतासँगै व्यवहार परिस्कृत गर्न सिकाउँछ। आलोचना गर्नेले पनि हाम्रा विचारहरू सुन्छन् पढ्छन्, जसले उसको अन्तरमनलाई झस्काउँछ अनि ठीक ठान्योभने पछ्याउँछ।” हामीले भन्नुपर्छ, राजनीतिमा भाावनात्मक होइन, चिन्तनशील र सकारात्मक दिमाग चाहिन्छ। तर यतिखेर नेपालको राजनीतिमा भावनात्मक दिमागले प्राथमिकता पाउँदा वैचारिक राजनीतिभन्दा भ्रमपूर्ण सस्तो लोकप्रियतावादी राजनीति र राजनीतिक नेतृत्वहरूको चर्चा बढेको छ।

गिरिजाप्रासद कोइरालाको १०० औं जन्म जयन्ती मनाउँदै गर्दा हामीले नेपालको राजनीतिमा भारतीय आशिर्वाद खोज्ने र देशको राजनीति भारतीय स्वार्थ पूरा गर्नका लागि कम्फर्टेबल बनाउन कोइरालाको पनि प्रमुख भूमिका थियो भनेर भन्न र सत्य लेख्न डराउनु पर्दैन्। तर गिरिजाप्रसाद कोइरालाभन्दा बढी शेरबहादुर देउवा र प्रचण्डहरू भारतका लागि कम्फर्टेबल बनिरहेका छन् र भारत कै आशिर्वादमा सत्ता राजनीतिमा रमाइरहेका छन्। भारतले बहुरणनीतिक तरिकाबाट नेपालमाथि आफ्नो प्रभाव र दबाव कायम राख्न र नेपालमा नियन्त्रित अस्थिरता बढाउन सबैखाले लगानीहरू गरिरहेकै छ। भोलिका दिनमा कम्फर्टेबल गठबन्धनले मात्रै आफ्ना उद्देश्यहरू पूरा नहुने आँकलनका साथ अहिले राजावादी घण्टी कांग्रेसलाई उपयोग गरेर रवी लामिछानेको नेतृत्वमा घण्टी बजाउने वातावरण तयार गर्न थालेको छ। त्यसैले कम्फर्टेबलवाद र लोकप्रियतावाद भनेको दिल्लीको आशिर्वादमा चल्ने विचार आत्मसमर्पणवाद हो भनेर हामीले बुझ्नु र जनतालाई बुझाउनु पर्ने परिस्थिति बनेको छ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ५५ बजे