साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गायक रोबिन तामाङको आज अन्तिम दाह संस्कार गरिँदै

काठमाडौँ । गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम दाह संस्कार गरिदैँछ । 

अन्तिम संस्कारको लागि विजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण, नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएपछि उहाँको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

गायक रोविनको गत मङ्गलवार निधन भएको थियो। उहाँ बुढानीलकण्ठस्थित निवासमा मृत फेला पर्नुभएको थियो । 

उहाँका केटाकेटी…..चिसो चिसो…… लगायतका गीतहरू श्रोता तथा दर्शकले मन पराएका छन् भने उहाँले छड्के, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : १० बजे