दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

रामपुर (पाल्पा) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय(कमल)को मृत्यु भएको छ । 

बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

शुक्रवार साँझ ६ः१५ बजे हृदयघात भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ । 

मृतक पाण्डेयको दुई छोरा र श्रीमती हुनुहुन्छ । पाण्डेयको २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघातबाटै मृत्यु भएको थियो । पूर्व एमाले पाल्पाको उपसचिव रहनुभएका मृतक पाण्डेय पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुनुहुन्छ । 

उहाँ गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । 

शनिवार बिहान कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदै छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : ३८ बजे