ओढिसा रेल दुर्घटना: सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ

नयाँ दिल्ली । ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रवार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । 

यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको अपराधी हत्या) अन्तर्गत मुद्दा चलाइएको छ । 

केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो। पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।  

कानुको व्याख्या अनुसार धारा ३०४ अन्तर्गतको सजायमा आजीवन कारावास र जरिवाना वा कठोर कैद समावेश छ। यी तीनको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको स्रोतको भनाइ छ । 

बालासोरको बहंगा बजार रेलवे स्टेसननजिकै जुन २ मा साँझ ७ बजे कोरोमण्डल एक्सप्रेस स्टेशनमा उभिरहेको मालगाडीसँग ठोक्किएको थियो । बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेस पनि यसको चपेटामा परेका थियो । यो रेल दुर्घटनामा २९२ जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए ।

जसका कारण बहनगा बजार स्टेशनमा कुनै पनि रेल रोकिने छैनन्, बहनगा बजार रेलवे स्टेशनबाट दैनिक लगभग १७० रेलहरू गुज्रन्छन्।

जुन ३ मा ओढिसा ट्रिपल ट्रेन दुर्घटनाको सम्बन्धमा बालासोरको जीआरपीएसमा एफआईआर दर्ता गरिएको थियो। पछि, रेल मन्त्रीले घटनाको सीबीआई जाँचको माग गरे। केन्द्र सरकारको सहमतिपछि सीबीआईले मुद्दालाई आफ्नो हातमा लिएको थियो।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ०३ बजे