दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

पशुपतिमा जलहरी राख्दा कुनै अनियमितता नभएको पुष्टि, यसरी पुग्यो १ सय ८ केजी ठ्याक्कै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा ५३ तोला भएको  छ ।

‘जलहरी निर्माणमा प्रयोग भएको सुनका टुक्रा र धुलोहरु त्यतिबेला संकलन गरिएको थियो, अख्तियारले अनुसन्धान थालेपछि त्यसलाई नजोखी यत्तिकै राखिएको थियो’ पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीका अनुसार , ‘धुलोमा मिसिएको, टुक्राटाक्री र अरु सुनका कणहरु संकलन गरेर गाल्ने काम भइरहेको थियो । आज जोखेर हेर्दा ५३ तोला भएको छ । अख्तियारले यो विषयमा आजै मुचुल्का गराख्दै छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १० असारमा पशुपतिनाथ मन्दिर परिसरमा पुगेर सुनको जलहरी निकालेर जोखेको थियो । जलहरी निर्माणका क्रममा १०८ किलो सुन प्रयोग भएको थियो । दुई साताअघि तौलिदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जलहरी निर्माणमा प्रयोग भएको बाँकी सुन र टुक्रा र धुलोका कण संकलन गरेर राखिएको र जोख्न बाँकी रहेको दाबी गरेको थियो । एक तोलामा ११।६६ ग्राम हुन्छ । कोषका कर्मचारीको दाबीलाई आधार मान्दा ६१७।९८ ग्राम सुन आज जोखेर मुचुल्का भएको हो । शुक्रबार मुचुल्का भएको र पशुपतिनाथ मन्दिरमा पेटी बनाई लगाइएको सुन समेत जोख्दा जलहरी निर्माणमा प्रयोग भएको १०८ किलो सुनको हिसाब ठ्याक्कै मिलेको छ । 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : २४ बजे