दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

पुल हस्तान्तरण गर्न पुगेका मन्त्री बस्नेतको कार्यक्रम मेलम्ची नगरपालिकाद्वारा बहिस्कार

सिन्धुपाल्चोक । दुई वर्षअघि असार १ र १७ गते आएको मेलम्ची बाढीले इन्द्रावती,पाँचपोखरी जोड्ने पुल बगाएपछि सोही ठाउँमा नेपाली सेनाले दुई वर्षपछि बेलिबृज निर्माणको जिम्मा पायो । बेलिबृज निर्माणका लागि जिम्मा पाएको सेनाले झन्डै ३ हप्ता पछि बुधवार बेलिबृज निर्माण सम्पन्न गर्‍यो । 

 

सेनाले सम्पन्न गरेको उक्त बेलिबृज उद्घाटन तथा हस्तान्तरण कार्यक्रम शुक्रवार मेलम्चीमा राखिएको थियो । दुई वर्षसम्म बन्न नसकेको बेलिबृज निर्माण भएपछि स्थानीय सरकार पनि केही हुनेमा ढुक्क थियो । तर,मेलम्चीमा बनेको बेलिबृज उद्घाटनमा भने स्थानीय सरकारलाई उपेक्षा गरिएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको ठाडो आदेशमा मेलम्ची नगरपालिकालाई बेवास्ता गरिएको हो । 

 

बेलिबृज निर्माणको काम सबै आफूले गरेको देखाउन मोहन बहादुर बस्नेतले नगरपालिकालाई उपेक्षा गरेको मेलम्चीका स्थानीय बताउँछन् । बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ (समीर)को चाँजोपाँजो,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको आदेशमा नेपाली सेनाका महारथी प्रभुराम शर्माको विशेष अतिथि र आफू प्रमुख अतिथिसहितको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम तय गरिएको थियो । बेलिबृज उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री बस्नेतको लालसाको सोख बडो गज्जबले देखियो । 

 

आफैँले बेलिबृज निर्माण गरेको देखाउन मन्त्री बस्नेतले आफ्नै दलबाट निर्वाचित मेयर स्थानीय नेताहरूलाई खबर गर्न समेत भ्याएनन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा विकासको सुनामी ल्याउने भाषण दिने गरेका बस्नेत आफूले पुल बनाएको होड देखाउन हतारोमा थिए । आफू र आफ्ना आसेपासेभन्दा बाहेक अरू कोही नदेख्ने उनले आफैँ ईश्वर हो भन्ने होड देखाउन आफ्नैलाई बाइपास गरे । 

 

रोचक त यो छ कि मेलम्चीमा बनेको पुल उद्घाटनका लागि उनकै दलबाट निर्वाचित मेयर आइतमान तामाङलाई समेत उनले बोलाउन भ्याएनन् । तामाङलाई बोलाएपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्छ भन्ने ठानेर उनले मेयरलाई खबरै नगरेका हुन् । बेलिबृज निर्माणको जिम्मा पाएको नेपाली सेना र मेलम्ची नगरपालिकाको समन्वयमा बेलिबृज निर्माणको काम सम्पन्न भएको थियो ।

 

तर,मोहन बस्नेतलाई त्यति पनि हेक्का भएन कि स्थानीय सरकारको समन्वयमा पनि ठुलो बल हुन्छ । यता मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले भने स्थानीय तहसँग समन्वय नगरी गरिएको कार्यक्रममा आफू जान नमिल्ने बताए । 

 

उनले बेलिबृज निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने बताए । आफू काम विशेषले काठमाडौँ रहेको भन्दै मेयर तामाङले उद्घाटन समारोहमा आफू जान नभ्याउने बताए ।  

 

 

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि २ मा सरेका बस्नेतका सोख पनि अनेक रहेको स्थानीय टिप्पणी छ । “स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बेलिबृज आफैँलाई गलपासो के गरेको हो रु”, नाम नखुलाउने सर्तमा एक स्थानीयले भने । मेलम्ची नगरपालिकाले बेलिबृज उद्घाटन तथा हस्तान्तरण कार्यक्रम बहिस्कार गरेको छ । नगरपालिकाका कोही पनि जनप्रतिनिधि उद्घाटन समारोहमा पुगेका छैनन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : ४४ बजे