मन्थली विमानस्थलमा पानी पस्यो

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको घटनास्थलमै मृत्यु

सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलास्थित दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले  आज बिहान १०ः३० बजे सडक छेउमा रहेको ३३ केभि प्रसारण लाइनको बिद्युत्को पोल सर्पोटको लाछी छेउमा गाडिएको तार(स्टे)मा छोइँदा करेन्ट लागेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मृतक दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सूचना तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार १८, २० जना सवार रहेकोमा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेको छन् । 

घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ११ : ४३ बजे