दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँकेको कारागारभित्र कैदी मृत भेटिए

 जानकी ।  बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । 

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । 

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताउनुभयो । 
 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १० : ४१ बजे