दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

दाङमा फोहोरबाट उत्पादित ग्यास पाइपबाट घर-घरमा वितरण सुरु

दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गरी घर(घरमा ग्यास वितरण गर्न सुरु गरिएको छ ।जिल्लाको घोराही १६ का ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने ४ सय घरधुरीलाई चुलो बाँडी सकिएको छ । घोराही उपमहानगरपालिकाको घरहरूबाट सङ्कलित फोहोरलाई प्रयोग गर्दै फोहोर व्यवस्थापनमा सहजता, ग्याँस उत्पादन र कम्पोष्ट मलसमेत उत्पादनको लक्ष्य राखेर वैकल्पिक ऊर्जा र नेपाल ऊर्जा विकास कम्पनीको संयुक्त लगानीमा ग्याँस उत्पादन गर्न थालिएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको सह लगानीमा तयार भएको ग्याँस उत्पादन परियोजनाबाट स्थानीय ३५ घरधुरीले अहिले बायो ग्याँसबाट खाना पकाउन शुरु गरेका हुन् ।  न्युन आय भएका र दाउरा गुइँठा प्रयोग गर्दै खाना पकाउने स्थानीयहरू अहिले पाइप लाइनबाट ग्याँस चुलो प्रयोग गर्न पाउँदा हर्षित भएको स्थानीय जगतराम चौधरीले बताउनुभयो ।

फोहोरबाट उत्पादित ग्याँस पाइप लाइनबाट घोराही उपमहानगरपालिकाको १० र १६ नम्बर वडाका १ हजार ५ सय घरमा पुर्‍याइने परियोजनाको लक्ष्य छ । ४ सय घरधुरीलाई ग्याँस चुला वितरण गरिसकिएको छ भने पहिलो चरण ७ सय ५० घरधुरीलाई ग्याँस पुराउने गरी काम भइरहेको ऊर्जा विकास कम्पनी कार्यक्रम सहायक पदम पोख्रेलले बताउनुभयो ।

उपभोक्ताहरूले ग्याँस उपभोगका गर्न १२ हजार ५ सय तिर्नुपर्नेमा ५ हजार यु।एन।डी।पी।ले साढे ५ हजार अनुदान दिएको छ । सुरुमा ७ हजार तिरेपछि उपभोक्ताहरूले ग्याँस प्रयोग गरेको आधारमा थोरै शुल्क तिर्नुपर्ने र उक्त शुल्क अहिलेको खर्चभन्दा आधा हुने छ तर अहिले ग्याँसको मापन गर्ने मिटर बक्स नआएकाले अहिलेसम्म जडान भएका ३५ घरधुरीले निःशुल्क रुपमा ग्याँस उपभोग गर्दै आएका छन् ।

ग्याँस प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक २ हजार घनमिटर ग्याँस उत्पादन हुन्छ भने दैनिक ३ सय क्विन्टल फोहोर आवश्यक पर्दछ । फोहोरबाट ग्याँस उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहोर व्यवस्थापनमा पनि सजिलो भएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : ४६ बजे