सुनको मूल्यमा नयाँ कीर्तिमान

आजबाट मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता—२०८० आजबाट ललितपुरको रिभाइभ लिजर पार्क, महालक्ष्मीस्थानमा हुँदैछ ।

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको आयोजनामा हुन लागेको प्रतियोगितामा संविधानसभा सदस्य, वर्तमान तथा पूर्वराष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको खेलकुद महासंघले जनाएको छ ।

जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि सबै राजनीतिक दलहरुबाट ६० भन्दा बढी सांसदहरुले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

भोलि बुधबारसम्म जारी रहने प्रतियोगिताका सम्पूर्ण खेलहरु नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय ब्याडमिन्टन फेडेरेशनको नियमानुसार नै खेलाइने महासंघले जनाएको छ ।

प्रतियोगितामा पुरुष युगल र महिला युगलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ०० बजे