सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै , फाइनल जित्ने दाऊँमा नेपाल

काठमाडौं । आज नेपाल र मलेसियाका बिचमा क्रिकेट प्रतिस्पर्धा हुदैँछ । 

 

एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । 

 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ । जसअनुसार अहिले बिहान ७ः १५ बजेवाट सुरु हुनेछ ।

नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उदेश्यसहित मैदानमा उत्रन लागेको हो । 

 

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । दुवै खेलाडी आज आफनो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ४८ बजे