बाढीको स्थितिमा सुधार

बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ — पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा आफू र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको उनले बताए ।

उनले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताए । उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताए ।

चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको उनले बताए । उनले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने बताए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : २६ बजे