माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयल निगमका पूर्वकार्यकारी निर्देशक दोषी ठहर

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

विशेष अदालतले शुक्रबार खड्कालाई १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सय बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ ।

त्यस्तै विशेषले खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने फैसला समेत सुनाएको छ । खड्का निगमको कार्यकार्य निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : २७ बजे