‘नेशनल डे कन्सर्ट’ सम्पन्न

धनकुटाको हाम्रो बहुमुखी पाठशालामा आगलागी लाखौं रुपयाँ क्षति

धनकुटा । धनकुटा नगरपालिका वडा नं.७ मदनचोकमा रहेको हाम्रो वहुमुखी पाठशालामा सोमवार मध्यराती विधुत सर्ट भएर आगलागी भएको छ ।

विधुत सर्ट भएर अचानक मध्यराती आगलागी हुँदा त्यहाँ रहेको सम्पुर्ण सामानहरु जलेर नष्ट हुनुको साथै घरपुर्ण रुपमा ध्वाष्त भएको छ । आगलागीबाट ३५ लाख भन्दा वढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

करिव रातको १–२ वजे समयमा वहुमुखी पाठशालामा रहेको क्यान्टिनबाट आगलागी शुरु भएको अनुमान गरिएको छ । आगो कसरी पाठाशालामा लाग्यो अनुशन्धानकै विषय वनेको छ । आगो सल्किएसंगै ग्याँस सिलिण्डर पड्किए पछि आगलागी भएको स्थानियले थाहा पाएका थिए । अहिले प्रहरी ,स्थानिय बासी र दमकलको सहयोगमा आगो नियन्त्रनमा आएको छ ।

आगलागीबाट वहुमुखी पाठशालामा साउण्ड शिष्टम १० लाख, धनकुटा फिजिकल फिट्नेसले वहुमुखी पाठशालालाई प्रदान गरेको जिमका सामाग्री ८ लाख, फाईवरको टपरी वनाउने मेसिन ६ लाख वरावरको जलेर खरानी भएको छ ।

त्यसैगरी वहुमुखी पाठशालामा नृत्यको लागी कलाकारहरुले प्रयोग गर्ने विभिन्न जातजातिको गरगहाना, भेषाभुषा पनि जलेर नष्ट भएको छ । पाठशालमा रहेको जेनेरेटर, इन्भटर, हारमुनी–२ वटा, मादल, तवला, दराज–२, सोकेस–२ थान लगायत वाद्यवादनको विभिन्न सामाग्री चलेर नष्ट हुँदा साडे ३ लाख भन्दा वढी क्षति भएको पाठशालाका अध्यक्ष सरोज भुजेलले बताउनु भयो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : ०१ बजे