दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

चिनियाँ अर्बपति ज्याक मा काठमाडौँबाट पाकिस्तान उडे

काठमाडौँ- चिनियाँ अर्बपति ज्याक मा काठमाडौँबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । 

गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । पर्यटक भिसामा नेपाल आएका ज्याक मा विश्व चर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् । 

नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण भने खुलेका छैनन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ३ : ०७ बजे