यस्तो छ आजको विनिमय दर

फ्रान्समा युवकको हत्यापछि दङा, ४० गाडीमा आगजनी

पेरिस । फ्रान्सको राजधानी पेरिसको उपनगरीय क्षेत्र नान्तेरेमा एक १७ वर्षीय युवकलाई प्रहरीले अनियमित रूपमा गाडी चलाएको आरोपमा गोली हानेर हत्या गरेको छ । 

सो घटनालाई लिएर त्यसपछि यहाँ दङा भड्किएको छ । जुन दङ्गाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन् । 

केही रिपोर्टका अनुसार ती युवक एक अरब देशको मूल निवासी थियो। उनीसँग ड्राइभिङ लाइसेन्स थिएन र प्रहरीले रोकेपछि उनले भाग्ने प्रयास गरेका थिए ।

दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेँलो कार रोके। यसको ड्राइभिङ सिटमा व्यक्तिसँग अन्तरक्रिया गरियो। यसै क्रममा केही बहस पनि भयो । एक प्रहरी अधिकृतले पेस्तोल निकालेर चालकको टाउकोमा गोली हाने । चालकले कारलाई तीव्रता दिएका थिए, जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। चालकको घटनास्थलमै मृत्यु भएको थियो । 

गोली लागेपछि पनि भाग्न खोजे र करिब २०० मिटर टाढा गएपछि कार पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो । ३८ वर्षीय प्रहरी अधिकृतलाई निलम्बन गरेपछि उनलाई पनि पक्राउ गरिएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

घटनाको भिडियो भाइरल भएपछि आक्रोशित जनता सडकमा उत्रिएका छन् । उनीहरूले करिब ४० गाडीमा आगजनी गरेका छन् । अन्य केही सामानमा आगो लगाएको भिडियो पनि बाहिर आएको छ । 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : २८ बजे