बजेट पारित गर्न काँग्रेस र माओवादीको ह्विप, अन्य दलले बैठकपछि धारणा बनाउँदै

काठमाडौँ । बजेटप्रति असन्तुष्ट दलहरूको संसदीय दलको बैठक बस्दै छ । 

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि असन्तुष्ट दलहरूको संसदीय दलको बैठक बस्न लागेको हो ।  

जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन । 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले यथास्थितिमा बजेट पारित गर्न नदिने यसअघि सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए ।  

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज बिहान बस्ने बैठकपछि मात्रै धारणा बनाउने जानकारी दिनुभयो । आजको बैठकबाट बजेट पारित गर्ने तयारी सरकारले गरेको छ । 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : ४७ बजे