सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मदन भण्डारी मेमोरियल कलेजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले २२ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कलेजले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौँ र समाज डेन्टल हस्पिटलको सहकार्यमा आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । यसका साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । 

मङ्गलवार आयोजित शिविरमा १३८ जना दाँतका, १७९ जना आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा मदन भण्डारी मेमोरियल कलेज, समाजशास्त्र विभागका प्रमुख सुजित मैनालीले जानकारी दिनुभयो । 

यसैगरी सो स्वास्थ्य शिविरमा करिब चालिस जना दाताले रक्तदान गरेका थिए । मैनालीका अनुसार काठमाडौँ महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्वासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी तथा कलेजका विद्याथीहरुले शिविरबाट लाभ लिनुभएको छ’ उहाँले भन्नुभयो । 

कलेजका विद्यार्थी, शिक्षक, कलेज परिवारका सदस्यहरूले समेत शिविरबाट लाभ उठाएको मैनालीले बताउनुभयो । समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्न मदन भण्डारी कलेज सदा क्रियाशील रहिआएको र यो यसै सिलसिलाको एउटा गतिविधि भएको जानकारी कलेजका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले बताउनुभयो ।

असार १४ गते बिहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कलेजको २२ औँ वार्षिकोत्सवको मुख्य कार्यक्रम सम्पन्न गर्न गइरहेको कुरा पनि कलेजले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : ३४ बजे