सुनको मूल्यमा नयाँ कीर्तिमान

छोराको आक्रमणबाट पश्चिम नवलपरासीमा आमाको मृत्यु

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । 

स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । 

पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभयो । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।

आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : २५ बजे