माथिल्लो मनाङमा हिमपात

ललिता निवास प्रकरण : ३ जनालाई आजै छाड्ने तयारी

काठमाडौं – ललिता निवासको जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका ३ जनालाई आजै छाड्ने तयारी भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका मध्ये तीन जनाले अदालतबाट पक्राउ नगर्न भनी आदेश लिइसकेको पाइएपछि छाड्ने तयारी भएको हो। 

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका छन्।

अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नु/नगराउनु भनी आदेश जारी गरिसकेको खुलेको छ।

कपाली र केसी पनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन सरकारी अधिकारी हुन्।

सरकारी लिखत किर्ते गरेर बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपीहरूलाई अनुसन्धानका लागि म्याद लिन ब्यूरोले बुधवार अदालतमा उपस्थित गराउँदै छ। 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : २३ बजे