काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
अदालतको अवहेलना मुद्दामा सुनुवाई गर्दै न्यायाधीस तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनलाई लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।
उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न दिन महानगरलाई आदेश दिएकामा बालेनले अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए ।
बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा बालेनविरुद्ध रिट निवेदन दायर गरेकी थिइन् ।
प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ५ : ४४ बजे
प्रतिक्रिया