काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ।
भारतमा आयोजना हुन लागेको विश्वकप ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म हुनेछ।
१० टोली सहभागी हुने विश्वकपमा ८ टोलीको टुंगो लागिसकेको छ भने दुई वटा टोली जिम्बावेमा जारी विश्वकप क्वालिफायर्सबाट छनोट भएर आउने छ।
प्रतियोगितामा १० टोलीले एकअर्कासँग खेलेपछि शीर्ष चार वटा टोली सेमिफाइनल प्रवेश गर्नेछ।
पहिलो खेल इंग्ल्यान्ड र न्युजिल्यान्डबीच गुजरातस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। प्रतियोगिताको खेलहरू भारतको विभिन्न १० सहरहरूमा खेलाइने छ।
घरेलु टोली भारतले पहिलो खेल पाँच पटकको विजेता अष्ट्रेलियासँग ८ नोभेम्बरमा खेल्नेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा हुनेछ।
प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ५ : १३ बजे
प्रतिक्रिया