माथिल्लो मनाङमा हिमपात

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने सरकारको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिाय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भन्दै मंगलबार सदन नै अवरुद्ध गरे । मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाका प्रमुख सचेतक जीवन परियारले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएसम्म सदन चल्न नसक्ने जानकारी गराउनुभयो । 

सँगै एमालेका सांसद सूर्य थापा र प्रमुख सचेतक पदम गिरीले पनि उक्त निर्णय फिर्ता नलिएसम्म सदन चल्न नसक्ने बताउनुभयो । दुवै दलका सांसद उठेर विरोध जनाइरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । 

यसपछि मंगलबार दोस्रोपटक बसेको बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताउनुभयो । निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने उहाँले बताउनुभयो । यसपछि सदन चलेको छ । 
 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ४९ बजे