माथिल्लो मनाङमा हिमपात

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो। एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,  डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की,  कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : १८ बजे