अब यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाइने

काठमाडौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।

विमानस्थल सुरक्षा समितिले ट्रमिनल भवन बाहिर भीड बढेपछि एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।

भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयलले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : ०० बजे