आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

आगलागीमा परी इलाममा सात घर जलेर नष्ट

इलाम । आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् ।

 

माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन । 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् । 

 

प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ गुजुम्ब रहेकाका कारण सात घर जल्न पुगेका हुन । सोमवार राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । यसरी घर जल्दा सो घरमा भएका अधिकांस समान पुर्ण रुपमा जलेर नष्ट भएका छन । आगलागीमा परी मानवीय क्षति भने हुन पाएन । 

 

विधुत सर्ट भई आगलागी भएको र आगलागीमा करिब ६० लाख रुपैयाँको भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ५९ बजे