यस्तो छ आजको विनिमय दर

राष्ट्रपति सीद्वारा कम्युनिष्ट युवा लिगलाई गम्भीरतापूर्वक जिम्बेवारी पूरा गर्न आह्वान

बेइजिङ – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले सोमबार चिनियाँ कम्युनिष्ट युथ लिग अफ चाइना (सीवाईएलसी) को नयाँ नेतृत्वलाई आफ्नो मिशन र कार्यहरू गम्भीरतापूर्वक पूरा गर्न आह्वान गर्नुभएको छ। 

नयाँ युगमा सीपीसी द्वारा सुम्पिएको यस कार्यभारलाई नयाँ नेतृत्वले सफलतापूर्वक सम्पन्न गर्न  उहाँले आग्रह गर्नु भएको छ । 

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले नवनिर्वाचित  सदस्यहरूसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो ।

रासस-सिन्ह्वा

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : १८ बजे