सुनको मूल्यमा नयाँ कीर्तिमान

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध साढे १ करोड बिगो दाबीसहति भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा बहाल रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएकोले सोही बमोजिमको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ढकाल सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० सम्मको अवधिको आम्दानी खर्च जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा देखिएको र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ ।

उक्त स्रोत नखुलेको बिगो ढकालको नाममा हाल कायम रहेको घर/जग्गाबाट जफत गराउन मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

 नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री जितेन्द्र देवले उनलाई२०७४ सालमा   नियुक्त गरेका थिय। 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : १४ बजे