न्याय परिषद्को बैठक बस्दै, उच्च अदालतमा न्यायाधीशको नियुक्ति गर्ने

काठमाडौँ । न्याय परिषद्को बैठक आज बस्ने भएको छ ।  

न्याय परिषद्को बैठक अपराह्न १ः०० बजे बस्ने भएको हो ।  उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको बताइएको छ । 

हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ ।   आजको बैठकले रिक्त ४१ मध्ये २७ जना न्यायाधीशको नियुक्ति हुन सक्ने बताइएको छ ।

न्याय परिषद्ले तयार पारेको कार्याविधिका आधारमा तत्काल २७ जना न्यायाधीशको नियुक्ति गर्न सकिने अवस्था छ । 

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : २० बजे