यस्तो छ आजको विनिमय दर

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको ओडिशास्थित गञ्जममा दुईवटा बस एकापसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । मृतकहरु एकै परिवारका सात सदस्य र उनीहरूका आफन्तहरू हुन् । 
घाइते भएका सातजनाको एमकेसीजी मेडिकल कलेज र कटक अस्पतालमा उपचार भइरहेको छ ।

बेरहामपुर–तप्तपानी सडकको दिगापाहाण्डी क्षेत्रमा विवाह भोजमा सहभागी भएर फर्किएका सवार बसले अर्को यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको बेरहामपुरका प्रहरी उपरीक्षक सर्वाना विवेक एमले जानकारी दिए । 

घाइतेहरुको एमकेसीजी मेडिकल कलेज तथा अस्पताल र दिगापहाण्डी अस्पतालमा उपचार भइरहेको उनले बताए । विशेष राहत आयोगले प्रत्येक घाइतेलाई उपचारका लागि ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : १२ बजे