क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा आज क्षतिपूर्ति सम्बन्धी सुनवाइ हुँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुँदैछ । 

पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौँमा हुने सुनवाइले टुङ्गो लगाउने छ । 

लामिछानेसँग पीडित पक्षले यसअघि माग गरेको १० लाखको क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि पीडित राहत कोषमार्फत सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाइ हुन लागेको हो । 

ततपश्चात् ३६ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौँले क्षतिपूर्ति सम्बन्धी निर्णयमा आदेश दिन सक्ने जनाइएको छ । 

तर, सो मुद्दाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाइका लागि पेशी तोक्ने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ०३ बजे