प्रतिनिधिसभा बैठक: सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीहरूले दिने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । 

आजको बैठकमा  विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । जसअनुसार आजको बैठकमा रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिनुभएको थियो।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : १६ बजे